माओवादी केन्द्र विराटनगरमा पौडेल, ९९ सदस्य महानगर कमिटी गठन

विराटनगर । नविन पौडेलको अध्यक्षतामा ९९ सदस्य महानगर कमिटी गठन गर्दै नेकपा माओवादी केन्द्र विराटनगरको नगर अधिवेशन सम्पन्न भएको छ ।

कमिटीको उपाध्यक्षमा दिनेश राजवंशी,सावित्रा गौतम र ज्ञानु भट्टराई, सचिवमा नमिता न्यौपाने र सह–सचिवमा शारदा मैनाली र कोषाध्यक्षमा मोहमद प्रवेज आजम निर्वाचित हनु भएको छ ।

यस्तै अधिवेशनले प्रदेश प्रतिनिधिमा १४ जनालाई छनौट गरेको नवनिर्वाचित अध्यक्ष पौडेलले बताउनु भयो । माओवादीले मंसिर १२ गतेसम्म वडा अधिवेशन गरेको थियो । उत्त वडा अधिवेशनले ४४० महानगर कमिटीको अधिवेशन गर्न प्रतिनिधि छनोट गरेको थियो ।

अधिवेशनको उद्घाटन नेकपा माओवादी केन्द्रका स्थाई कमिटि सदस्य तथा अर्थमन्त्री जनार्दन शर्माले गर्नु भएको थियो ।

Back to top button