कांग्रेस प्रदेश १ महाधिवेशन : १७५३ मत खस्यो, मतगणना भोलि विहान ८ बजेदेखि

विराटनगर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश १ को नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ । १ हजार ८ सय ४ जना प्रतिनिधि रहेको प्रदेश १मा १ हजार ७ सय ५२ मत खसेको छ ।

आज बिहान ८ बजे मतदान गर्ने भनिए पनि सदस्यका उम्मेदवारकै नाम छुटेपछि विवाद हुँदा भएपछि मतदान भने दिउँसो २ बजेपछिबाट मात्रै सुरु भएको थियो ।

प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए । संस्थापन समूह बाट झापाका उद्धव थापा र इतर समूहबाट मोरङका गुरुराज घिमिरे सभापतिको मैदानमा हुनुहुन्छ । सिटौला निकटका थापालाई देउवा पक्षको समर्थन रहेको छ भने घिमिरेलाई कोइराला पक्षको समर्थन रहेको छ ।

मतगणना भने भोलि बिहान ८बजे देखी गर्ने सहमति भएको निर्वाचन समितिका निर्वाचन अधिकृत भरत थापाले बताउनु भयो ।

Back to top button