नेपाल विद्यालय कर्मचारी परिषद् मोरङको अध्यक्षमा ताजपुरिया 

विराटनगर । नेपाल विद्यालय कर्मचारी परिषद्, जिल्ला कार्य समिति मोरङको आठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । भगवती मा.वि. बेलबारीमा भएको अधिवेशनले   शैलेन्द्र ताज पुरियाको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।
त्यस्तै कार्य समितिको उपाध्यक्षमा सुरेन्द्र तिम्सिना, महिला उपाध्यक्षमा राधादेवी कोइराला, सचिवमा गोरेलाल खवास, महिला सस–सचिवमा सुस्मा खवास र कोषाध्यक्षमा शिवनाथ मण्डल चयन हुनु भएको हो ।
 नेपाल शिक्षक महासङ्घ मोरङ अध्यक्ष दामोदर सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशनमा सेवा निवृत्त विद्यालय कर्मचारीहरूलाई सम्मान गरिएको छ भने परिषद्को सङ्गठनात्मक तथा आर्थिक प्रतिवेदन पेस गरिएको थियो यस्तै आगामी कार्य योजना समेत पारित गरिएको छ।

Back to top button