कांग्रेस प्रदेश अधिवेशन: प्रदेश १ मा किरियापुत्री द्वारा मतदान

विराटनगर । आमाको काजक्रिर्यामा बस्नुभएका क्रियापुत्री नेपाली कांग्रेसको प्रदेशको निर्वाचनको मतदानमा सहभागी हुनुभएको छ ।  नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत प्रदेशको नेतृत्वको लागि आज भएको चुनावमा बेलबारीका रामहरि कोइरालाले मतदान गर्नु भएको हो ।
उहाँ कि आमा ८१ बर्सिया भत्तिमाया कोइरालाको ११ दिनअघि निधन भएको थियो । कोइराला ४ बजे गाडीमा गएर मतदान गरेर ६ बजे फर्कनुभएको थियो। ।
पुनः चुनाव गर्नु नपरोस् भनेर मतदानमा सहभागी भएको उहाँले बताउनु भयो। कांग्रेसको विधानमा पहिलो पटक चुनाव हुँदा उम्मेदवारले ५० प्रतिशत भोट कटाउनु पर्ने उल्लेख गरिएको छ ।  उहाँले गुट उपगुटलाई जिताउन भन्दा पनि टाढा टाढाबाट आएका प्रतिनिधिले दुख नपाउन् भन्ने उद्देश्यले मतदान गरेको बताउनु भएको छ। खस आर्य कोटाबाट उहाँले प्रतिनिधि जित्नु भएको थियो।  उनी संस्थापन इतर समूहमा चिनिनुहुन्छ ।  कोइराला यसअघि मोरङ क्षेत्र नम्बर ३ का क्षेत्रीय सह–सचिव समेत रहनु भएको थियो। ।

Back to top button