पदाधिकारीमा कमल थापापक्षका अधिकांश उम्मेदवार विजयी, रेखा थापा पराजय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापाले हार्दा पदाधिकारीमा थापापक्षका अधिकांश उम्मेदवार विजयी हुनु भएको छ ।
कमल थापा २२७ मत अन्तरले राजेन्द्र लिङ्देनसँग पराजित हुनु भएको थियो। भएका हुन्। अन्तिम मत परिणाम अनुसार लिङ्देनले कुल खसेको मतमध्ये १८४४ र थापाले १६१७ मत पाउनु भएको थियो। । यस्तै ४३१ मत बदर भएको थियो।

उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर उम्मेदवार विजयी हुनु भएको छ ।

पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी हुनु भएको छ । दुवै प्यानलमा समेटिनु भएका पाण्डेले २५२१ भोट ल्याउनु भएको छ ।

यसैगरी कमल थापा प्यानलबाट उठेका बुद्धिमान तामाङले १९४४ भोट ल्याएर विजयी हुनु भएको छ । सोही प्यानलमा ध्रुवबहादुर प्रधान १८१४ भोट ल्याएर विजयी हुनु भएको छ ।

महिला उपाध्यक्षमा पनि कमल थापा समूहकै रोशन कार्की १६८९ भोट ल्याएर विजयी हुनुभयो ।

यस्तै महामन्त्रीको प्रतिस्पर्धामा लिङदेन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २२२१ भोट ल्याएर विजयी हुनु भयो। यसैगरि कमल थापा पक्षका भुवन पाठकले १८०५ भोट ल्याएर विजयी हुनुभयो ।

यस्तै महिला महामन्त्रीतर्फ थापा समूहकी कुन्तीकुमारी शाही विजयी भयो । उहाँले २००८ मत ल्याउनु भएको थियो। । महिला महामन्त्रीमा लिङ्देन समूहकी रेखा थापाले १६४० मत ल्याएर पराजित हुनुभयो ।

Back to top button