मुख्यमन्त्रीद्धारा रक्सी चढाएर पुलको शिलान्यास

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले रक्सी चढाएर पुलको शिलान्यास गर्नुभएको छ ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ र ४ नम्वर वडा जोड्ने मरिण खोलाको आरसीसी पुल मुख्यमन्त्री पाण्डेले बोतलमा ल्याएको निगार रक्सीलाई ‘सगुन’ का रुपमा चढाएर पुलको शिलान्यास गर्नुभएको हो ।

पुल शिलान्यास कार्यक्रमका पुजारी लामा भएकोले मुख्यमन्त्री पाण्डेले सगुन स्वरुप रक्सी चढाएर पुलको शिलान्यास गर्नुभएको हो । बागमती प्रदेश सरकारको १९ करोड २४ लाख ४१ हजार ८ सय १७ रुपैयाँ ६३ पैसामा निर्माण सुरु भएको हो ।

पुल निर्माणको जिम्मा हिम्दुंग र थोकर इम्मानुयल सारस जेभीले पाएको छन्। २०७८ साल असार २२ गते सम्झौता गरी २०७९ साल पुस २२ गतेसम्म निर्माण सक्ने गरी सम्झौता भएको उक्त पुलको लम्बाइ २६२ दशमलब ४० मिटर लामो रहेको बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका सचिव अशोककुमार साहले जानकारी दिनुभएको छ ।

आठ दशमलब चार मिटर चौडाइ रहेको पुलको दायाबायाँ एक दशमलब दुई मिटर फुटपाथ रहने छ। स्पान सख्या पाँच वटा रहेको छ।

Back to top button