अध्यक्षमा पराजित थापाद्धारा आफ्नो टिमको आकस्मिक बैठक

काठमाडौं । राप्रपाको अध्यक्षमा पराजित कमल थापाले आफ्नो प्यानलका नेताहरुको आकस्मिक बैठक गर्नुभएको छ । थापा प्यानलले याक एण्ड यति होटलमा अहिले समीक्षा बैठक गरिरहेको छ ।

यस्तै चुनावी परिणाम आएलगत्तै थापा प्यानलमा रहेका नेताहरु छलफलमा जुटेका हुन्। अध्यक्षमा थापा राजेन्द्र लिङ्देनसँग पराजित भए पनि प्यालनका हिसाबले भने उहाँकै वर्चस्व छ।

तर अध्यक्षमा पराजित हुनुको कारणबारे बैठकमा कुराकानी भइरहेको एक नेताले जानकारी दिए। आज बिहान घोषणा भएको मत परिणामअनुसार अध्यक्षमा लिङ्देनले थापालाई पराजित गर्नुभएको हो ।

त्यस्तै महामन्त्रीमा लिङ्देन प्यानलकै धवलशमशेर राणा विजयी हुनुभएको छ । तीन महामन्त्रीमध्ये बाँकी दुईमा थापा प्यानलका भुवन पाठक र कुन्तीकुमारी शाही विजयी हुनुभएको छ ।

त्यस्तै उपाध्यक्षमा थापा प्यानलका विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र रोशन कार्की विजयी हुनुभएको छ ।g

Back to top button