कमल थापा समूहको निष्कर्ष : अब राजालाई नबोक्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापा समूहले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्ष निकालेको छ । बिहान होटल याक एन्ड यतिमा बसेको समिक्षा बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकमा अध्यक्ष लिङ्देन, उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शमशेर राणाबाहेकका अन्य विजयी पदाधिकारीसहित अधिकांश केन्द्रीय सदस्य उपस्थित रहेको थियो ।

पूर्वराजाले सचिवालय प्रयोग गरेर कमल थापालाई हराउन उर्दी जारी गर्नेदेखि लिएर आफैले पनि हराउन निर्देशन दिएको कुरा आएपछि सबैको निष्कर्ष संवैधानिक राजतन्त्रको वकालत गरे पनि ज्ञानेन्द्र शाहको पक्षमा भने नखुल्ने निष्कर्ष निकालिएको सहभागि एक नेताले बताउनुभयो ।

बैठकमा उपस्थित अधिकांशले पूर्वराजा शाहले धोका दिएको निष्कर्षसहित उहाँको सचिवालयले थापाको विपक्षमा खेलेको भूमिकाका बारेमा चर्चा गरेको अर्का एक नेताले बताउनुभयो ।

Back to top button