प्रदेश १ को मतगणना दिउँसो १ बजे देखी

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश १ मा हिजो भएको मतदानको मतगणना दिउँसो १ बजे देखि शुरु हुने भएको छ ।

नेपाली कांग्रेस पार्टी कार्यालय मोरङमा बिहान ८ बजे देखी गर्ने भनिएपनि उमेदवारले प्रतिनिधि नपठाउँदा ढिलो हुन गएको निर्वाचन समितिका प्रमुख भरत थापाले बताउनुभयो ।

मतगणनाका लागि आचार संहिता बनाइसकेको उहाँले बताउनुभयो । उमेदवार तथा पार्टीका नेताहरु मतगणना स्थलमा ढिलो मात्रै आएपछि प्रकया ढिलो हुन पुगेको हो ।

प्रदेशमा १८०४ मतदाता रहेकोमा १७५२ मत खसेको छ । प्रदेश १ मा संस्थापन समूहका उद्धव थापा र इतर समूहका गुरुराज घिमिरे प्रतिष्पर्धामा हुनुहुन्छ ।

Back to top button