पराजित भएपनि मलाई आएको मतसँग सन्तुष्ट छु : अभिनेत्री थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता अधिवेशनमा महिला महामन्त्रीको पदमा उठनुभएकी अभिनेत्री रेखा थापा पराजित हुनुभएको छ । १६ सय ४७ भोट ल्याएकी थापा प्रतिस्पर्धी कुन्तीकुमारी शाहीसँग ३ सय ६१ मतले पछाडि पर्नुभएको हो ।

अन्तिम मत परिणामपछि उहाँले आफूलाई हराउने उम्मेदवारको तस्बिरसहित शुभकामना दिनुभएको छ । चुनावी प्रचार प्रसारको समयमा ‘राजनीति गर्न चलचित्र खेलेजति सजिलो छैन’ भन्ने प्रतिक्रिया दिएकी शाहीलाई उहाँले बलियो हुन र पार्टीलाई सही ढंगले नेतृत्व गर्न शुभकामना दिनुभएको छ ।

‘उहाँले २० वर्षदेखि पार्टीको सेवा गर्नु भएको छ, म बल्ल आएको ४ वर्ष भयो। नतिजाले म असाध्यै सन्तुष्ट छु,’ देशसञ्चारसँगको कुराकानीमा उहाँले भन्नुभयो, ‘उहाँ त्यो पदको लागि उहाँ योग्य हुनुहुन्छ तर मेरो पनि त्यत्रो भोट आउनु सामान्य होइन।’

उनले अगाडि भनिन्, ‘हारजित खेलाडीकै हुन्छ। फुटबलमा गोल नै नहानी हार्नु र गोल गरेर हार्नु फरक हुन्छ नि हैन, मेरो लागि यो अपेक्षित नतिजा हो ।’

 

Back to top button