कर्तव्य ज्यानमुद्धाका फरार व्यक्ति पक्राउ

विराटनगर । कर्तव्य ज्यान मुद्धाको आरोप लागि फरार रहेका एक व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

गत कात्तिक २८ गते मोरङको बुढीगंगा गाउँपालिका – ७ मा धनकुटा पाख्रिबास– ४ का २६ वर्षीय रिजन दाहाललाई धारिलो हतियार प्रहार गर्ने घटनामा सम्लग्न रहि फरार रहेका बुढिगंगा– ८ डल्लेपुलका २६ वर्षिय धनबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

धारिलो हतियार प्रहारबाट गम्भिर घाइते भएका दाहालको उपचारका क्रममा मृत्यु भएको थियो । तामाङलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति हिजो मोरङकै सुनवर्षी नगरपालिका वडा नं.–८ सिक्टी क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङलाई जिल्ला अदालतबाट कर्तब्य ज्यान कसूरमा दिन २ म्याद थप गरी आवश्यक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

Back to top button