कांग्रेस प्रदेश अधिवेशन : प्रदेश १ मा गुरु घिमिरे पराजित, २ मतले उद्दव थापा बिजयी

विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत १ नम्बर प्रदेशको अधिवेशनमा भएको मतदानपछी को परिणाम अनुशार सभापतिमा उद्दव थापा बिजयी हुनुभएको छ । गुरुराज घिमिरे भन्दा दुई मत बढी ल्याउदै थापा बिजयी हुनुभएको हो ।

घिमिरेले ८४२ मत ल्याउँदा थापाले ८४४ मत ल्याउनु भएको छ । मध्येराती आएको मतपरिणाम अनुशार उपसभापतिमा टंकप्रसाद राई र रमेशजंग रायमाझी बिजयी हुनुभएको छ ।

महामन्त्रीमा उमेश थापा र भूपेन्द्र राई तथा सह महामन्त्री प्रमिला कुमारी गच्छदार र खुला सहमहामन्त्रीमा खड्ग फागो र बिनोद कुमार बस्नेत निर्वाचित हुनुभएको छ ।

यद्यपि निर्वाचन मत परिणामप्रती असहमति जनाउँदै घिमिरे पक्षले पुन गणनाकोलागि निवेदन दिएको छ ।  संस्थापन समूहबाट उद्धव थापा र इतर समूहबाट गुरुराज घिमिरे प्यानलसहित प्रतिस्पर्धामा उत्रिनु भएको थियो ।

Back to top button