
विराटनगर । नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्तरगत प्रदेश १ कार्यसमिति पदाधिकारीको संस्थापन बर्चस्व सहित विजयी भएको छ ।
संस्थापन पक्षका उद्धव थापाले पौडेल कोइराला समुहका गुरुराज घिमिरेलाई २ मतले पछि पार्दै बिजयि बन्नु भएको छ ।
सोमवार बिहान ३ः३० बजे निर्वाचन समितिले घोषणा गरेको मत परिणाम अनुसार थापाले ८ सय ४४ र घिमिरेले ८ सय ४२ मत प्राप्त गर्नु भएको छ ।
यस्तै महामन्त्रीमा संस्थापन इतरका उमेश थापाले ८ सय ३ मत प्राप्त गरि विजयी भएका छन् ।
यस्तै संस्थापन पक्षका भुपेन्द्र राईले ८ सय २४ मत ल्याई विजयी हुनुभएको छ ।
यस्तै सह–महामन्त्री महिला तर्फ संस्थापन पक्षकी प्रमिला गच्छदारले ८ सय ३७ मत ल्याएर विजयी हुनु भएको छ । इतरकी सीता कार्कीले ७ सय ९३ मत प्राप्त गर्नु भएको थियो ।
यस्तै सह– महामन्त्री खुल्ला तर्फ सर्वाधिक मतका साथ खड्ग फागो विजयी हुनु भएके छ । उहाँ नेता कृष्ण प्रसाद सिटौला निकट रहनु भएको छ । उहाँले १ हजार २६ मत प्राप्त गर्नु भएको छन् भने अर्का विजयी बिनोद कुमार बस्नेतले ७ सय ४७ मत प्राप्त गरि विजयी बन्नु भएको छ ।
अध्यक्षमा पदमा सुरुवाती अग्रता लिदै आएका गुरुराज घिमिरेलाई थापाले पछ्याउँदै अन्तिम मतगणनामा २ मतले पछि पार्नु भएको छ ।
थापाले २ मत बढी प्राप्त गरे पछि मतगणनामा त्रुटि भएको भन्दै केही बेर बिबाद उत्पन्न भएको थियो ।
यस्तो छ अन्तिम मतपरिणाम
सभापतिः
१.उद्धव थापा – ८४४
२.गुरुराज घिमिरे –८४२
उपसभापति–
१.गोबिन्द प्रसाद ढुंगाना( केदार ) –७६५
२.टंक प्रसाद राई –८४७
३.रमेशजंग रायमाझी –८९०
४.विश्वनाथ रिजाल (त्रिलोचन )– ६६९
महामन्त्री :
१.उमेश थापा – ८०३
२.दिपनकुमार श्रेष्ठ (७६४
३.पदम सुन्दर पालुङ्गवा– ८०७
४.भुपेन्द्र राई – ८२४
सह– महामन्त्री :
१.प्रमिला गच्छदार – ८३७
२.सीता कार्की– ७९३
सह– महामन्त्री :
१.खड्ग फागो – १०२६
२.रोहित कुमार शाह– ६६५
३.बिनोद कुमार बस्नेत – ७४७
४.विरकाजी राई – ६४७
५.शुभचन्द्र राई – ८४