एमालेलाई जिस्क्याए गैँडालेझौं लखेट्ने योगेश भट्टराईको चेतावनी

चितवन । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेलाई नजिस्क्याउन चेतावनी दिनुभएको छ । आज प्रेस चौतारी नेपाल चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले एमालेलाई जिस्क्याए गैँडालेझौं लखेट्ने चेतावनी दिनुभएको हो ।

चितवनमै सम्पन्न एमाले महाधिवेशनको मस्कटमा एकसिंगे गैँडा राखेकोमा आलोचना गर्नेहरूलाई लक्षित गर्दै उहाँले एमाले र गैँडामा समानता रहेको बताउनुभयो ।

एमाले र गैँडामा केही समानता भएरै गैँडा छानेको हो। गैँडा यति सज्जन हुन्छ कि ऊ उसको त्यसलाई जिस्क्याउनुहुन्छ, हिर्काउन थाल्नुहुन्छ, त्यसले तपाईंलाई छोड्दैन, लेखट्छ, एमाले त्यस्तै छ, उहाँले भन्नुभयो ।

यस्तै नेता भट्टराईले एमाले शान्तसँग आफ्नो बाटोमा रहेको भन्दै एमालेमाथि जाइलागे नछोड्ने बताउनुभयो । एमालेलाई जिस्क्याए त्यसको परिणाम नराम्रोसँग भोग्नुपर्ने भट्टराईले चेतावनी दिनुभएको छ ।

उहाँले ५० प्रतिशत बढी स्थानीय तहमा जित्ने र संघ र प्रदेशमा पनि बहुमत हासिल गर्ने लक्ष्यसाथ एमाले हिँँडेको बताउदैँ एमालेले जनताको शाख जोगाएको पनि बताउनुभएको छ ।

माओवादीको केही हिस्सा एमालेमा रहेको र पुष्पलाल, मदन भण्डारी, मनमोहनको लिगेसी पनि एमालेसँग रहेको बताउँदै उहाँले एमालेको नेतृत्वमा कम्युनिष्ट पार्टी नेपालमा रहने दाबी गर्नुभयो । अब नेपालमा एमाले र कांग्रेसको मात्र प्रतिस्पर्धा हुने बताउनुभएको छ ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले एमालेको जस्तो व्यवस्थित र भव्य महाधिवेशन सम्पन्न गर्न अन्य पार्टीले नसक्ने बताउनुभएको छ । एमालेको महाधिवेशनबाट सबैभन्दा धेरै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अत्तालिएको उहाँको टिप्पणी थियो।

Back to top button