
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले परासीमा नयाँ शाखा विस्तार गरेको छ। मेगा बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम) को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका–३ मा नयाँ शाखा विस्तार गरेको हो।
मेगा बैंकको यो २०३ औं शाखा हो। यस मेगा बैंकले यस आर्थिक वर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ।