टिपरको ठक्करबाट अटोमा सवार बाबुछोराको मृत्यु

दाङ । टिपरको ठक्करबाट प्यूठानमा आज अटोमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा प्यूठान नगरपालिका–३ घुर्चनेका ३५ वर्षिय अमृत थापा र उहाँका ४ वर्षीय छोरा सुशान्त थापा रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ।

चकचकेबाट बिजुवारतर्फ जाँदै गरेको ना८ ख ३९०३ नम्बरको टिपरले रा १ ह ५७०७ नम्बरको अटोलाई प्यूठानको माण्डवी गाउँपालिका– ५ स्थित चकचके–चेरनेटा सडकखण्डमा ठक्कर दिँदा दुवैजानाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अटोमा सवार अन्य चार जना घाइते छन्। घाइतेहरुमा प्यूठान नगरपालिका–३ बस्ने वर्ष ८ की दुर्गा थापा, ३० वर्षीया पुनम थापा , १६ वर्षीया विपना थापा र १० वर्षीया शुष्मा थापा रहेका छन्।

घाईतेहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Back to top button