घिमिरे दुई मतले हारेपछि शेखरले माग्नुभयो माफी

काठमाडौं । नेपाली कांग्रेसको एक नम्बर प्रदेश अधिवेशनमा सभापतिका उम्मेदवार गुरुराज घिमिरे पराजित भएपछि नेता शेखर कोइरालाले माफी माग्नुभएको छ । आफ्नै प्यानलका घिमिरे दुई मतले मात्रै पराजित भएपछि उहाँले सामाजिक सञ्जालमा लेख्दै माफी माग्नुभएको हो ।

उहाँले केन्द्रीय सदस्यहरुले प्रदेशको चुनावमा मतदान गर्न पाउने–नपाउने भन्नै अन्योलका कारण घिमिरेलाई मतदान गर्न नसकेको उल्लेख गर्नुभएको छ । उहाँले यस विषयमा स्पष्ट नभई प्रदेश अधिवेशनमा मतदान प्रक्रियामा सहभागी हुँदा भविष्यमा जटिलता आउन सक्ने पनि बताउनुभएको छ ।

‘कांग्रेस १४ औँ महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने–नपाउने विषय सुरुदेखि नै ‘संशय’ थियो। यस्तै कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो। तसर्थ मतदान नगर्नु उपर्युक्त ठान्नुभयो । उहाँले ट्वीटरमा लेख्नुभएको छ यसक्रममा मबाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु।’

आज विहान सार्वजनिक मत परिणाम अनुसार घिमिरे संस्थापन पक्षका उद्धव थापासँग २ मतले पराजित हुनुभएको थियो । यद्यपी घिमिरेले पुनः मतगणनाको माग गर्नुभएको छ ।

Back to top button