प्रदेशको राजनीतिमा सक्रिय हुन्छु : घिमिरे

विराटनगर । कांग्रेसको प्रदेश सभापति पदमा पराजित हुनु भएका केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रदेशको राजनीतिमा सक्रिय हुने बताउनु भएको छ ।

उहाँले  चुनावभन्दा प्रक्रियाको गणनाको विषयमा प्रश्न उठाएर पुनः मत गणनाको माग गरेको समेत बताउनु भएको छ । उहाँले केन्द्रमा  नउठ्ने  समेत बताउनु भएको छ । प्रदेशको पुन मतगणना गर्दा सोमबार विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै घिमिरेले पुनः मतगणनाको माग राखेको विषयलाई प्रदेश स्तरको निर्वाचन समितिले सकारात्मक रूपमा लिएको र केन्द्रीय निर्वाचन समितिले पनि सकारात्मक रूपमा लिएको समेत बताउनु भयो । उहाँले भन्नुभयो ,‘पार्टी नेतृत्व तहमा पनि मेरो मागको विषयमा कुरा पुगेको छ । यसले चाडै निकास पाउँछ भन्ने विश्वास छ ।

प्रदेश १ मा संस्थापन पक्ष र सिटौला पक्षका उद्धव थापा र संस्थापन इतरबाट गुरु घिमिरे प्रतिस्पर्धा भएको थियो ।  संस्थापन पक्षका नेताहरू उपसभापति विजय गच्छदार, कृष्णप्रसाद सिटौला, अमृत अर्याललगायतले मतदान गर्दा निर्वाचन स्थलमै रहेका शेखर, सुजाता र महेश आचार्यले मतदान भने गर्नु भएन । उपसभापतिमा उम्मेदवार घोषणा गर्नु भएका आचार्य भने मतदान सुरु नभई काठमाडौँ जानु भएको थियो । मतदान स्थलमै रहनु भएका  बलबहादुर केसी पनि मतदानमा सहभागी नै हुनु भएन । उहाँले केन्द्रमा कुनै पनि पदमा नैतिकताका आधारमा नउठ्ने समेत बताउनु भएको छ । प्रदेशकै राजनीतिमा सक्रिय हुने उहाँको भनाइरहेको छ ।

Back to top button