अनेरास्ववियूको संगठन विस्तार तथा सदस्यता वितरण महाअभियान शुरू

काठमाडौं । नेकपा एमाले विद्यार्थी संगठन अनेरास्ववियूले आज देखि संगठन विस्तार तथा सदस्यता वितरण महाअभियान शुरू गरेको छ ।

काठमाडौंमा त्रिचन्द्र क्याम्पसबाट महाअभियानको शुभारम्भ भएको छ भने, रूपन्देहीको जोगडा मावि गैडहवा बाट शुरू गरिएको हो । काठमाडौंमा एमाले महासचिव शंकर पोखरेलको उद्घाटन गर्नु भयो । रुपन्देहीमा महाअभियानको एमाले केन्द्रीय सदस्य तथा अखिलका पूर्व अध्यक्ष खीमलाल भट्टराई उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै भट्टराई अनेरास्ववियूमा आबद्ध हुन विद्यार्थीहरूलाई आग्रह गर्नु भयो ।

अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष यामराज पाण्डेले महाअभियानभर रूपन्देहीभर मात्र २५ हजार विद्यार्थीलाई सदस्यता वितरण गरिने जानकारी दिनुभयो । आउने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचन अखिलले जित्ने गरी लाग्न आग्रह गर्नु भयो ।

Back to top button