कांग्रेस महाधिवेशनमा २९३ वटा मतदान बुथ र १००० वटा मतपत्र खसाल्ने बक्स राखिने

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले १४ औँ महाधिवेशन तयारीसम्बन्धि उपसमितिका संयोजकहरु सँग ब्रिफिङ लिनु भएको छ ।

आजपार्टी कार्यालय सानेपामा महाधिवेशन आयोजक समिति अन्तर्गत रहेका उपसमितिका संयोजकहरुले अहिले सम्म भएका तयारी तथा प्रगति बारे सभापति देउबालाई जानकारी गराउनु भएको हो । आजको बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रम उपसमिति,प्रचार प्रसार उपसमिति, आवाश उपसमिति, स्वास्थ्य उपसमिति खाद्यान्न उपसमिति, बिदेशी अतिथि उपसमिति लगायतका उपसमितिहरुले आफ्नो तयारी सम्बन्धि प्रगति सुनाएका थिए ।

महाधिवेशनका लागि नेपालका मुख्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको पनिप्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो । प्रवक्ता शर्माले महाधिवेशनको बन्दसत्र सकिएपछि निर्वाचन प्रक्रियामा जाने र मतदानका लागि २९ वटा स्थानबाट मतपत्र वितरण हुने, २९३ वटा मतदान बुथ र १००० वटा मतपत्र खसाल्ने बक्स हुने जानकारी दिनु भयो ।

आगामी २४ गते देदी नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले नेतृत्व सहित केन्द्रिय पदाधिकारी चयन गर्ने छ ।

Back to top button