एमाले अध्यक्ष ओलीलाई भेट्न बारका पदाधिकारीहरु बालकोट जाँदै

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन गरिरहेका नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसहित वकिलहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आज बालकोट जाँदै छन् ।

एमालेलाई पनि महाअभियोगमा मनाउन बार नेतृत्वको टोलीले आज अपरान्ह साढे १२ बजे अध्यक्ष ओलीलाई भेट्न लागेको बारका महासचिव लिलामणि पौडेलले जानकारी दिनुभएको हो ।

यस्तै एमाले सहमत नभएसम्म महाअभियोग पारित नहुने र प्रधानन्यायाधीशविरुद्ध सत्ता गठबन्धनले महाअभियोग लगाएमा एमालेले परमादेश जारी गर्ने अन्य चार न्यायाधीशविरुद्ध पनि महाअभियोग लगाउने निश्चित रहेकाले ओलीलाई मनाउन बारका प्रतिनिधिहरुले भेट्न लागेका हुन्।

आन्दोलनकारी वकिल र बार नेतृत्व केपी शर्मा ओलीका विरोधी मानिन्छन्। यसअघि बारले एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङसँग भेटे पनि ओलीले भेट दिनुभएको थिएन् ।

Back to top button