राजेन्द्र भट्टको सुनको बाला–२ बजारमा

काठमाडौं । गायक एवम् सर्जक राजेन्द्र भट्ट सुनका बाला–२ लिएर बजारमा आउनुभएको छ ।

सुदूरपश्चिम क्षेत्रमा प्रचलित देउडा संस्कृतिको जर्गेना गर्दै सोहि भेगको भाषा र लयमा आधारित गीत उहाँले केहि दिन अघि आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गर्नुभएको हो ।

यस्तै गायनमा उहाँलाई चर्चित गायिका रेखा जोशीले साथ दिनुभएको छ । गायनसँगै शब्द र संगीत पनि भट्टकै रहेको छ। म्युजिक भिडियोमा भट्टसँगै रोशनी कार्कीलाई देख्न पाइनेछ।

गीत मायाँ प्रेमसँग सम्बन्धित छ। भट्टले यसअघि निकालेको सुनका बाला गीत पनि श्रोता दर्शकमाझ प्रिय छ।

Back to top button