
काठमाडौं । साउथ एशियन इकोनोमिस्ट स्टुडेन्ट समिटमा नेपाली विद्यार्थी निकिता शाहीले नेतृत्व गरेको टिम प्रथम भएको छ।
उक्त समिटमा दक्षिण एशियाका भारत, बङ्गलादेश, अफगानिस्तान, पाकिस्तान र श्रीलङ्काका विद्यार्थीले भाग लिएका थिए।
पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा बिबीएस पाँचौँ सेमेस्टरमा अध्ययनरत शाहीको टिमले तीन हजार अमेरिकी डलर पुरस्कारसमेत जितेको छ। आठ महिना लामो टेक्सटाइल इन्डष्ट्रिजको अनुसन्धान गरेर समिटमा पेश गरेको रिसर्चले अवार्ड जितेको शाहीले जानकारी दिनुभयो ।
यस्तै सन् २०१९ बाट सुरु भएको उक्त समिट यसपटक श्रीलङ्कामा आयोजना गर्ने भनिए पनि कोरोना सङ्क्रमणका कारण भर्चुअल माध्यमबाट भएको थियो। प्रतियोगितामा आठ टिमको प्रतिनिधित्व थियो।