कारोबार भएको आधाघण्टामा शेर बजार उकालो लाग्यो

काठमाडौं । साताको तेस्रो दिन आज कारोबार सुरु भएको आधि घन्टामा सेयर बजार उकालो लागेको छ। आज ११ बजेर ३० मिनेट जाँदा सेयर बजार २२ दशकलव ४७ अंकले बढेको छ। हिजो ३२दशमलव२२ अंकले उकालो लागेका थियो।

तर आज कारोबार सुरु भएको आधी घन्टामै सेयर बजारको राम्रो सुरुवात भएको छ। सेयर बजार २२ दशमलव ४७ अंकले उकालो लाग्दा नेप्से परिसूचक २ हजार ५६८दशमलव५६ विन्दुमा पुगेको छ।

यस अवधिमा ७ लाख २७ हजार ८८२ कित्ता सेयर किनबेच हुँदा ३२ करोड ४६ लाख २२ हजार ७४७ रुपैयाँको कारोबार भएको छ । यस समाचार तयार पार्दासम्ममा म्युचल फण्ड उपसमुह बाहेक अन्य उपसमुहहरुमा हरियाली छाएको छ।

Back to top button