केन्द्रले ८०० जनाको गर्‍यो सफल मिर्गौला प्रत्यारोपण

काठमाडौं । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले हालसम्म ८ सय जनाको मिर्गौला प्रत्यारोपण गरेको छ।

वि.सं २०६९ माघ ६ गतेदेखि सुरु गरेको मिर्गौला प्रत्यारोपण केन्द्रले नौ वर्षको अवधिमा यो सफलता हासिल गरेको केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले बताउनुभयो ।

यस्तै वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ, वरिष्ठ नेफ्रोलोजिष्ट डा. कल्पना श्रेष्ठ, प्रमुख कन्सल्टेन्ट युरोलोजिष्ट तथा प्रत्यारोपण सर्जन प्रा डा. राकेशकुमार बर्मा, एनेस्थेसियोलोजिष्ट डा. आरती राई, निमित्त नर्सिङ निर्देशक कोपिला दाहालको टोलीले मिर्गौला प्रत्यारोपण गरेको हो।

अहिलेसम्म सम्पन्न गरेको प्रत्यारोपणमा अङ्गदातातर्फ शत प्रतिशत सफलता हासिल गरेको र मिर्गौला प्रत्यारोपणतर्फ ९८ प्रतिशत सफलता प्राप्त भएको केन्द्रका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

Back to top button