
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत एक हजार ६ सय १३ कर्मचारीको सरुवा गरेको छ।
मन्त्रालयको हिजोको निर्णयअनुसार आज ति कर्मचारीहरूको अन्तर स्थानीय तहमा सरुवाको सूची सार्वजनिक गरिएको हो। मन्त्रालयका अनुसार अन्तर स्थानीय तहमा कामकाजका लागि खटाउन निवेदन पेस गर्ने ५७ जना कर्मचारीको भने निवेदन रद्द गरिएको छ।
मन्त्रालयले हिजो पत्रकार सम्मेलन गरी लामो समयदेखि अन्तर स्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै कर्मचारीले दिएका निवेदनका आधारमा सरुवा गर्न लागिएको जानकारी दिएको थियो ।
मन्त्रालयका अनुसार लोकसेवा आयोगबाट सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरुको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा हुन गरिएको हो।
सरुवाको सूचि हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।
http://http://koshisandesh.com/wp-content/uploads/2021/12/Notices-saruwa.pdf