मोटरसाइकल चोरीमा संलग्न ७ जना पक्राउ

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न सात जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरी कार्यमा संलग्न त्यो गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

काठमाडौंको बबरमहलबाट गएराती उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउन लागिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

यस्तै पक्राउ परेको गिरोह चोरीको ठूलै गिरोह भएको भट्टराईले बताउनुभयो । त्यस अवसरमा महाशाखाले गत असार महिनायता चोरी भएका १८४ वटा मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको पनि जानकारी गराएको छ।

Back to top button