सभापतिको उम्मेदवार छान्न पौडल पक्षीय नेताहरूको बैठक सुरू

काठमाडौं । १४ औं महाधिवेशनमा सर्वसम्मत सभापतिको उम्मेदवार छान्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल पक्षीय नेताहरूको बैठक सुरू भएको छ। सभापतिका आकांक्षी धेरै भएपछि कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल हुन लागेको हो।

सभापतिका आकांक्षीसमेत रहनुभएका नेता प्रकाशमान सिंहको चाक्सीवारीस्थित निवासमा अहिले बैठक बसिरहेको छ। बैठकमा सभापति आकांक्षी पौडेल, सिंह, शशांक कोइराला र शेखर कोइरालासहित पौडेल पक्ष केन्द्रीय सदस्यहरू पनि सहभागी हुनुहुन्छ ।

सोमबार साँझ पौडेल निवास बोहराटारमा पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल भएको थियो।

दुई दिनभित्र सभापतिको उम्मेदवार तय गर्ने उहाँहरूबीच समझदारी बनेको थियो। सोही समझदारीअनुसार आफूनिकट केन्द्रीय सदस्यहरूसँग सुझाव लिन आज पौडेलले बैठक राख्नु भएको छ ।

सभापतिका आकांक्षीमध्ये सिंहले आजदेखि सम्पर्क कार्यालयनै खोलेर नेता तथा कार्यकर्तासँग भेटघाट थाल्नुभएको छ ।

Back to top button