बस खरिद र संग्रहालय निर्माणका लागि श्रीमदभागवत पुराण लगाँउदै लक्ष्मी मावि

विराटनगर । मोरङ बेलबारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी माध्यमिक विद्यालयका लागि बस खरिद र ऐतिहासिक संग्रहालय निर्माणका लागि श्रीमदभागवत पुराण लगाइएको छ ।
मंसिर १९ गतेदेखि २५ गतेसम्म हुने पुराणबाट संकलित रकमले बस खरिद गर्ने र संग्रहालय निर्माण गर्ने प्रधानाध्यापक गोविन्द भन्डारीले बताउनु भयो ।

उहाँका अनुसार विद्यार्थीले दैनिक उपभोग्य वस्तु तथा संस्कार संस्कृतिसँग जोडिएका वस्तुहरू चिन्न छाडेपछि संग्रहालय बनाउन थालिएको हो ।

संग्रहालयमा नौमती बाजादेखि ढिकी जाँतो र अन्य घरायसी पुराना सामग्रीहरू राखिने उहाँले बताउनु भयो ।

विद्यालयमा हाल एक हजार ५५ जना विद्यार्थी अध्ययनरत छन् । पुराणमा मुख्य कथावाचिकाको रुपमा राधिका दासी रहनु भएको छ । उत्त बिद्यालय बेलबारीकै उत्कृष्ट बिद्यालयको रुपमा चिनिने गरेको छ ।

Back to top button