परराष्ट्र मन्त्रालयबाट अनुमति नलिई, मन्त्री यादव सुटुक्क भारततर्फ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव एउटा बिहेमा सहभागी हुन सुटुक्क भारततर्फ प्रस्थान गर्नु भएको छ । । नेपालसँग सीमा जोडिएको बिहारको मोतिहारी जिल्लामा रहेको उहाँको माइती परिवारकै एक सदस्यको बिहेमा सहभागी हुन उहाँविराटनगर हुँदै जोगवनी नाकाबाट जानुभएको हो ।

देशको मन्त्री अर्को देश जानका लागि प्रधानमन्त्री कार्यालयमार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्छ तर मन्त्री यादवले त्यस्तो कुनै अनुमति नलिएको स्रोतले जनाएको छ ।

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य समेत रहनुभएकि मन्त्री यादव मंसिर १८ गते विराटनगर आएर पार्टीको एउटा कार्यक्रममा सहभागी हुनुभएको थियो । कार्यक्रम सकेपछि उहाँ गाडीबाट भारत जानुभएको हो । उहाँ साथमा छोरा अभिषेक यादव पनि भारततर्फ जानुभएको छ । अभिषेक यादव प्रदेश २ का प्रदेशसभा सदस्यहुनुहुन्छ ।

Back to top button