भोलि साँझसम्ममा साझा उम्मेदवार तय गर्ने पौडेलको दाबी,शेखरले अरूलाई सहमति नगरेपछि आजको बैठक निष्कर्ष विहीन

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भोलि साँझसम्म आफ्नो समूहबाट सभापतिको साझा तय गर्ने दाबी गर्नुभएको छ । साझा उम्मेदवार चयनका सन्दर्भमा आज प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको छलफलपछि पौडेलले भन्नुभयो , ‘साझा उम्मेदवार चयनका लागि विभिन्न कोणबाट छलफल गरौँ । हामी सहमतिको करिब नजिक नजिक छौँ । केही प्रक्रिया पुरा गर्न बाँकी छ । त्यो प्रक्रिया पुरा गरेर भोलि साँझसम्म निर्णय सार्वजनिक गर्छौँ ।’

पौडेल समूहमा पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र शेखर कोइराला सभापतिका आकाक्षि देखीनु भएको छ । । आजको बैठकमा महामन्त्री कोइरालाले आफू सभापतिको दाबी छोड्न तयार रहेको बताउनु भयो । यस्तै वरिष्ठ नेता पौडेलले पनि साझा उम्मेदवार बनाउने विषयमा आफू बाधक नहुने बताउनु भएको छ । नेता प्रकाशमान र शेखरले आफूबाहेकका नाममा सहमति गर्न तयार नहुने अडान लिएपछि आजको बैठक निष्कर्ष विहीन भएर टुङ्गिएको छ ।

भोलि बिहान पौडेल पक्षका केन्द्रीय सदस्य, नवनिर्वाचित जिल्ला सभापति, प्रदेश सभापति प्रदेश सभापतिका प्रत्याशी सहितको बैठक बस्ने भएको छ ।

Back to top button