कारागारमा भएको भीषण आगलागीमा परी ३८ कैदीको मृत्यु

काठमाडौं ,एजेन्सी । बुरुण्डीमा एउटा कारागारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३८ कैदीको मृत्यु भएको छ । आगलागीमा परी दर्जनौं कैदीको मृत्यु हुनुका साथै अरु कैयौँ जना गम्भीर घाइते भएको उपराष्ट्रपति प्रोस्पर बोजोम्बान्जाले बताउनु भयोे
बुरुण्डीको राजधानी गिटेगामा रहेको कारागारको अधिकांश भाग आगोले ध्वस्त भएको छ भने आगलागीको समयमा धेरै कैदीहरू सुतिरहेकोले धेरै कैदीको मृत्यु भएको एक प्रत्यक्षदर्शीले एएफपीलाई बताए ।

केही वरिष्ठ मन्त्रीहरुसँग उक्त दुर्घटनाको दृश्य हेर्न गएका ३८ जनाको मृत्यु भएको र ६९ जना गम्भीर घाइते भएको सञ्चारकर्मीसँगको कुराकानीमा उपराष्ट्रपति बाजोम्भान्जाले पुष्टि गर्नु भयो । ।

स्थानीय समय अनुसार बिहान ४ः०० बजे सुरू भएको आगलागीको कारण विद्यूत चुहावटका कारण भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि बताइएको छ ।

प्रत्यक्षदर्शी एक कैदीका अनुसार, “हामीले आगोको ज्वाला धेरै माथि उठेको देखेपछि डरले कराउँदै ढोका खोल्न भन्यौँ तर प्रहरीले ढोका खोल्न आदेश नपाएको भन्दै अस्वीकार गरेकाले ठूलो मानवीय क्षति हुन पुग्यो । उहाँले भन्नुभयो , “म कसरी उम्केँ थाहा छैन । धैरै कैदीहरू भाग्दाभाग्दै आगोले जलेर मर्नुभयो ।”

Back to top button