छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष बिच कुटाकुट,अध्यक्षको दुई वटा दाँत भाँचिए

सप्तरी ।सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबिच आज कुटाकुट भएको छ ।
दुई जना बिच कुटाकुट हुँदा अध्यक्ष मण्डलको दुई वटा दाँत भाँचिएको छ भने उपाध्यक्षको  हातमा चोट लागेको जाइएको छ ।   कार्यपालिकाको बैठकमा गहुँको बिउ वितरण गर्ने विषयमा छलफल विवाद हुँदा कुटाकुट भएको थियो ।  अध्यक्ष र उपाध्यक्षबिच घम्साघम्सी भएको वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो ।
सामान्य छलफल नै भइरहेकै  क्रममा एक्कासि अध्यक्ष र उपाध्यक्षबिच  मुक्का हानाहान चल्दा अध्यक्ष ज्यूको दुई वटा दाँत नै भाँचिएको अध्यक्ष यादवले बताउनु भयो ।
उपाध्यक्ष मण्डलले गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेकै बेला नजिक आएर अपशब्द प्रयोग गर्न थालेपछि कुर्सी उठाएको बताउनु भएको छ । तर दाँत भाँचिएको नभाँचिएको भन्ने बारेमा आफूलाई जानकारी नभएको उपाध्यक्ष  मण्डलले बताउनु भयो ।

Back to top button