एसियन कराते च्याम्पियनसिपको रेफ्री प्रशिक्षक प्रशिक्षणमा भाग लिन जाने दुई प्रशिक्षकको बिदाई 

विराटनगर । प्रदेश खेलकुद विकास बोर्डले सत्रौं एसियन कराँते च्याम्पियनसिपको रेफ्री सेमिनार तथा प्रशिक्षक प्रशिक्षणमा भाग लिन जाने दुई जना कराँते प्रशिक्षकहरुलाई बिदाई गरेको छ । प्रशिक्षक बिमल पोखरेल र  प्रबिण रानालाई बिदाई गरिएको हो ।

 काजकिस्तानमा यही डिसेम्बर  १३ देखि २१ तारिखसम्म हुने कार्यक्रममा सहभागी हुन जान लाग्नुभएका प्रशिक्षकद्वयलाई जनही २५ हजार रुपैया प्रोत्सहन रुकम सहित बोर्डका सदस्य सचिव कृष्ण बस्नेत पर्षुरामले शुभकामना दिँदै बिदाई गर्नुभएको हो ।

बोर्डको बिराटनगर स्थित कार्यलयमा आयोजित कार्यक्रममा बोल्दै बोर्डका सदस्य सचिव बस्नेतले बोर्ड गठन भइसकेको अवस्थामा प्रदेश १ बाट विदेशमा प्रशिक्षण लिन जान लाग्नु भएका प्रशिक्षकहरुलाई प्रोत्साहन गरिएको बताउनुभयो।

उहाँले अहिले बोर्ड गठन भएपनि बजेट नभएको अवस्थामा निजीक्षेत्रसँगको समन्वयमा यो सहयोग उपलब्ध गराएको बताउनुभयो । कार्यक्रममा जिल्ला खेलकुद विकास समित मोरङका अध्यक्ष रोहित कोइराला लगायतको सहभागिता रहेको थियो ।

Back to top button