बझाङका चार स्थानीय तह विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

बझाङ । सरकारले बझाङका चार पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।
गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को ले दिएको अधिकारलाई प्रयोग गर्दै थलारा, वित्थडचिर, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिकालाई २०७८ माघ मसान्तसम्म लागू हुने गरी सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो।
यस्तै जिल्लाको सुर्मा र मष्टा गाउँपालिकामा पनि विपद्ले क्षति पुर्‍याएको जनाउँदै तत्काल विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न स्थानीयवासीले माग गरेका छन्।
नेपाली काङ्ग्रेसका नेता ज्ञानबहादुर बोहरा र दीपक रोकायाले मष्टालाई सङ्कटग्रस्त क्षेत्र घोषणा आग्रह गर्नुभएको छ । विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका पालिकामा क्षतिको आंकलन, पुनःनिर्माण तथा पुनःस्थापनाको काम गरिनेछ।

Back to top button