सवारीले च्यापेर दुई जनाको मृत्यु

काठमाडौं । पाल्पाको दुई स्थानमा सवारीसाधनले च्यापेर दुई जना पुरुषको मृत्यु भएको छ।

रामपुर–५, बेझाड बजारमा ट्याक्टरको ट्रलीले च्यापेर सर्लाही जिल्ला इसरपुर नगरपालिका–१५, का १९ वर्षका मुन्ना चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ।

गत साँझ लु ३ त ८०५४ नम्बरको ट्याक्टरको हाइड्रोलिक बनाउने क्रममा एक्कासी ट्याक्टरको टाली खसेर चौधरीलाई च्यापेको थियो। टालीले च्यापेर गम्भीर घाइते भएका चौधरीको उपचार गर्न रामपुर अस्पताल लैजादैँ गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै निस्दी–७, ज्यामिरेमा ट्रिपरले च्यापिँदा एक जना पुरुषको मृत्यु भएको छ। हिजो बेलुकी ८ बजेतिर ज्यामिरेस्थित एक होटलमा खाना खान रोखेको ग २ ख ३६१ नम्बरको ट्रिपरले च्यापेर नवलपरासी जिल्ला सुनवल नगरपालिका–३, का ४५ वर्षीय तुफान कुँवर योगीको मृत्यु भएको प्रहरीले जनाएको छ।

होटलमा खाना खान रोकेर स्टार्ट बन्द नगरी पछाडि जाने क्रममा ट्रिपर ब्याक भएर चालक समेत रहेका योगी च्यापिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैँयाले जानकारी दिनुभयो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

Back to top button