पार्टीको सबै सम्पत्ति ओली गुटले हडप्यो : नेपाल

विराटनगर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेको सम्पत्ति केपी ओली समूहले एकलौटी हडपेको आरोप लगाउनुभएको छ ।

हिजो नेकपा (एकीकृत समाजवादी) इटहरी उपमहानगर कमिटीको पार्टी कार्यालय निरीक्षणका क्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उक्त सम्पत्तिमा आफूहरुको समेत भाग लाग्ने दाबी गर्दै उहाँले कानुनी प्रक्रिया अनुसार हकदावी गर्ने समेत बताउनुभयो ।

यस्तै अध्यक्ष नेपालले जोड्दै जाने हो भने अरब पुग्ने भौतिक सम्पत्ति रहेको बताउँदै भँन्नुभयो,‘नगदहरू पनि छ, ती सबै खोसेर लगेका छन्, उनैले कब्जा गरेका छन् ।’ ‘तर पनि केही भएको छैन, फेरि आर्जन गरौंला ।’

सम्पत्तिमा हक लाग्छ भने त्यसका लागि कानुनी उपायहरू खोज्ने बताउँदै अध्यक्ष नेपालले पार्टीलाई व्यवस्थित बनाउनुछ भने कार्यलय अपरिहार्य रहेको समेत बताउनुभयो ।

Back to top button