मिनेन्द्र रिजाल महामन्त्रीबाहेक अन्य पदमा नउठ्ने

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले पार्टी महामन्त्रीबाहेक अन्य पदमा नउठ्ने बताउनु भएको छ ।आफू १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने बताउनु भएको छ ।

उहाँ संस्थापन इतरबाट महामन्त्री उठ्न लाग्नु भएको हो । रिजाल रक्षा मन्त्री पनि हुनहुन्छ ।

संस्थापनइतर समूहबाट सभापतिमा सर्वसम्मत उम्मेदवार खोजी भइरहेको छ। महामन्त्रीमा भने यो समूहबाट रिजाल र गगन थापाले उम्मेदवारी दिने बताइएको छ ।

Back to top button