निर्माण कम्पनीलाई गाभेर सार्वजनिक कम्पनीमा लैजान मन्त्री झाँक्रीको आग्रह

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरोकारवाला पक्षको सुझाव समेटेर नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारी अघि बढाएको बताउनु भएको छ ।

चौधौं राष्ट्रिय निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा उहाँले देशको अर्थतन्त्रलाई चलायमान बनाउन पनि निर्माण उद्योग सशक्त हुनु जरूरी रहेको बताउनु भएको छ ।

समाज र सिंगो मुलुकले निर्माण व्यवसायीलाई इज्जत दिनु जरूरी रहेको उहाँको भनाइ छ।

निर्माण कम्पनीलाई गाभेर सार्वजनिक कम्पनीमा लैजान उहाँले आग्रह गर्नु भएको छ ।निर्माण उद्योगलाई व्यवस्थित तथा मर्यादित बनाउन नियमावली मात्रै नभएर ऐनमै संशोधन आवश्यक भएको मन्त्री झाँक्रीले बताउनु भयो । निर्माण व्यवसायी मैत्री कानुन आवश्यक भएको उनको भनाइ छ।

निर्माण उद्योगमा योजना छनोटदेखि कार्यान्वयन चरणसम्म समस्या रहेकाले कानुन संशोधन अपरिहार्य भएको उहाँको भनाइ रहेको छ ।

Back to top button