कांग्रेसको १४औं महाधिवेशनमा भोट हाल्दा मोबाइल निषेध

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्व चयन गर्न हुने चुनावमा भोट हाल्दा मोबाइल निषेध गरिएको छ ।केन्द्रीय निर्वाचन आयोगका संयोजक गोपालकृष्ण घिमिरेले आज जारी गरेको आचारसंहितामा मतदान स्थलभित्र (भृकुटीमण्डप/राष्ट्रिय सभागृह) प्रवेश गर्दा मोबाइल फोन लिएर जान नपाइने उल्लेख छ ।आचारसंहितामा विभिन्न ६ वटा बुँदा समेटिएका छन् ।

जसमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, राष्ट्रिय सभागृह/भृकुटीमपण्डप, प्रदर्शनी मार्ग महाधिवेशनसँग सम्बन्धित स्थल रहेकाले त्यस वरपर ५०० मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रकारको प्रचार सामाग्री टाँस्न र माइकिङ गर्न नपाइने प्रावधान राखिएको छ ।

उम्मेदवारले प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड र सामान्य अपिल वितरण गर्न सकिने र कसैको पनि व्यक्तिगत चरित्रमा लाञ्छना लाग्ने गरी प्रचारप्रसार गर्न नपाइने आचारसंहिता समेत बनाइएको छ ।

Back to top button