कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज,२ सहमहामन्त्री थप्ने तयारी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकआज बस्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले आज विहान साढे ११ बजे बस्नेगरी केन्द्रीय कार्यसमितिको बैठक बोलाउनु भएको छ ।

बैठकबाट महाधिवेशन तयारीका लागि आवश्यक निर्णयहरु लिइने जनाइएको छ। यस्तै बैठकमा खुलातर्फ दुईजना सहमहामन्त्री थप्ने तयारी छ।

सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच थप्ने विषयमा सहमति भइसकेको कांग्रेस स्रोतको भनाइ छ। तर वरिष्ठ नेता रामचन्द्र पौडेल भने यतिबेला सहमहामन्त्री थप्ने पक्षमा नरहेको स्रोतले जनाएको छ । देउवा र कोइराला निकट नेताहरुले भने सहमहामन्त्री थप्न दबाब दिइसक्नु भएको छ ।

आजको बैठकमा त्यो प्रस्ताव ल्याउने सम्भावना छ। कांग्रेसमा अहिले एकजना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सहमहामन्त्री (क्लस्टर) बाट हुने व्यवस्था छ। अब खुलाबाट थप दुई जना सहमहामन्त्री थप्ने तयारी छ।

कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ। बिहीबारको बैठक वर्तमान कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक हुनेछ।

Back to top button