माओवादी केन्द्रको स्थायी कमिटी बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। अहिले ११ बजे बस्ने बैठकमा राष्ट्रिय सम्मेलनको तयारी लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने नेता गणेश साहले जानकारी दिनुभयो ।

यस्तै माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ। राष्ट्रिय सम्मेलन अन्तर्गत माओवादीले वडा र स्थानीय तहको सम्मेलन गरिसकेको छ। मंसिर २५ गते प्रदेश सम्मेलन गर्दैछ।

Back to top button