इ–पासपोर्ट लिन राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य

काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट विद्युतीय राहदानी (इ–पासपोर्ट) को लागि आवेदन लिने कार्य सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माका अनुसार हिजोबाट योकार्य सुरु गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट विद्युतीय राहदानी लिन चाहनेले अनलाइनबाट फारम भर्नू पर्दछ । विद्युतीय राहदानी (इ–पासपोर्ट)को लागि आवेदन दिने व्यक्तिले अनिवार्य राष्ट्रिय परिचयपत्रको नम्बर त्यस फारममा भर्नू पर्दछ । हाल भक्तपुर स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन कार्य भइरहेको छ ।

त्यस्तै ५० हजारभन्दा धेरैले राष्ट्रिय परिचयपत्र बनाउनका लागि विवरण सकेका छन् ।’ राष्ट्रिय परिचयपत्रको विवरण भर्न भने नागरिकता अनिवार्य चाहिन्छ । विवाहितको हकमा श्रीमान् वा श्रीमतीको नागरिकता र विवाह दर्ताको प्रमाणपत्र चाहिन्छ ।

Back to top button