लमजुङमा जीप दुर्घटनाहुँदा तीन जनाको मृत्यु

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका ८ भुस्मे नजिक कालिमाटीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

मर्स्याङ्दी गाउँपालिका ९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको जीप विहान १० : ३० बजे दुर्घटना भएको हो ।

गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जीप सडकबाट डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा शिक्षक र विद्यार्थी छन् ।

Back to top button