सर्वोच्च अदालतको आन्दोलन, न्यायाधिशहरुको गुटको झगडाः प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन न्यायाधीशहरुको दुई गुटबीचको झगडा भएको टिप्पणी गर्नुभएको छ ।

नेकपा एमालेले आज आयोजित पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव ज्ञवालीले प्रधानन्यायायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा भएको आन्दोलनलाई न्यायाधीशको दुई गुटबीचको झगडाको संज्ञा दिनुभएको हो ।

हिजोआज भइरहेको आन्दोलन न्यायाधीशभित्रको गुटको झगडा भएको बताउनुभयो । उहाँले अहिलेको आन्दोलनबाट न्यायालय सुधार नहुने पनि बताउनुभयो ।

Back to top button