दक्षिण भारतीय फिल्म आरआरआरको ट्रेलर रिलिज

काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को ट्रेलर रिलिज भएको छ। एसएस राजामौलीको निर्देशनमा बनेको फिल्म यो वर्षको बहुप्रतीक्षित फिल्मको रूपमा हेरिएको छ।

फिल्ममा दक्षिण भारतका चर्चित अभिनेताद्वय जुनिअर एनटीआर र रामचरणको प्रमुख भूमिका रहेको छ भने अजय देवगन र आलिया भट्टको पनि अभिनय हेर्न सकिन्छ ।

निर्देशक राजामौलीले केवी विजयेन्द्र प्रसादले लेखेका मौलिक कथाबाट फिल्मको पटकथा लेख्नुभएको हो । डीभीभी इन्टरटेन्मेन्टको लगानी रहेको उक्त फिल्म ४०० करोड भारुमा निर्माण गरिएको बताइएको छ।

फिल्मको रिलिज डेट भने ७ जनवरी २०२२ लाई तोकिएको छ।

Back to top button