‘एक पटक, यसै पटक’ नारा लिएर प्रचारप्रसार गर्दै सभापतिका आकांक्षी कोइराला

विराटनगर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका आकांक्षी डा. शेखर कोेइरालाले ‘एक पटक, यसै पटक’ नारा लिएर प्रचारप्रसार शुरू गनर्स भएको छ ।

सामाजिक सञ्जाल फेसबूकमा डा.कोइरालाले नयाँ नारा सार्वजनिक गर्नु भएको हो । व्याख्या विना नै फेसबूकमा राखिएको नारालाई एक पटक मात्रै पार्टी सभापति बन्ने वाचाका रूपमा लिइएको छ ।

संस्थापनइतर पक्षबाट सभापतिका आकांक्षी रहनुभएका कोइरालाले हालसम्म प्रचारप्रसार शुरू गर्नु भएको थिएन् । साझा उम्मेदवार तय गर्न पटक–पटक छलफल भए पनि कुनै सहमति नजुट्दा कोइराला प्रचारप्रसारमा लाग्नु भएको थियो ।

Back to top button