
विराटनगर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा विराटनगर महानगरपालिकाका मेयर र उपमेयर केन्द्रीय सदस्यमा उम्मेदवार हुनुहुने भएको छ ।
मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरीसक्नु भएको छ । मेयर पराजुलीले संस्थापन पक्षबाट उम्मेदवारी दिने उर उपमेयर कार्कीले संस्थापनइतर समूहबाट उम्मेदवारी दिने जनाइएको छ ।
मेयर पराजुली केही दिनअघि मात्रै संस्थापन पक्षमा जानुभएको थियो । मोरङ जिल्ला अधिवेशनदेखि उहाँ संस्थापन समूहमा जानु भएको हो । खसआर्य कोटाबाट उम्मेदवारी दिने उपमेयर कार्कीले बताउनु भएको छ ।
मेयर र उपमेयर दुवै जना महाधिवेशनमा गएपछि १४ नम्बर वडाका वडाध्यक्ष बलदेव यादवलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । २१ गतेदेखि कार्यबाहक मेयरको जिम्मा दिएर दुवै जना महाधिवेशनमा लाग्नुभएको हो ।