सहमतिमै नेतृत्व चयनको प्रयास भइरहेको छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनबाट सहमतिमै नेतृत्व चयनको प्रयास भइरहेको बताउनु भएको छ ।

प्रधानमन्त्री समेतरहनु भएका देउवाले आज बिहान प्रज्ञा भवन कमलादीमा सह–महामन्त्री डा. प्रकाशशरण महतद्वारा लिखित ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’ पुस्तक विमोचन गर्दै सहमतिबाट नेतृत्व चयनको प्रयास भइरहेको बताउनु भएको हो ।

देउवाले सहमति नजुटे मतदान प्रक्रियामा जाने र हार जित स्वीकार गर्ने उल्लेख गर्नु भयो । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि महाधिवेशन सुरु हुँदैछ। केन्द्रीय निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि निर्वाचनका सम्पूर्ण कार्यक्रम तय गरिसकेको छ।

Back to top button