कांग्रेस महाधिवेशनले गराउँला ओली, प्रचण्ड र नेपालको एउटै मञ्चमा भेट ?

काठमाडौं । लामो समयपछि आज एउटै मञ्चमा सत्तासीनदलका अध्यक्ष र प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष एउटै मञ्चमा देखिने हुनुभएको छ ।

नेपाली कांग्रेसको आजदेखि शुरु हुने महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत उपस्थिती जनाउने बताएपछि यो सम्भावना देखिएको हो ।

यद्यपी अस्वस्थ रहनुभएका एमाले अध्यक्ष ओलीले अस्वस्थताका बाबजुद हिजो मात्रै कांग्रेसलाई आफ्नो सहभागिता रहने बताउनुभएको छ ।

उहाँको उपस्थिती रहे लामो समयपछि उहाँसँगै सत्तासिन दलका अध्यक्षहरु, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एकसाथ एउटै मञ्चमा देखिन लाग्नुभएको हो ।

तत्कालीन नेकपाको किचलो र विभाजनपछि ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा देखिनुभएको छैन । ओली आज भृकुटीमण्डप पुग्नुभए प्रचण्डसँग एक वर्षपछि र नेपालसँग पाँच महिनापछि मञ्च सेयर हुनेछ ।

Back to top button